Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १६:२१ गते

पशुपतिमा जुवावाट प्रकाउ परेकाहरुलाई ५ दिन म्याद थप

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
३ मिनेट पढ्ने समय
काठमाडौँ/जेठ ४- हिजो शनिवार साॅंझ पशुपति क्षेत्र विकास कोषका ६ जना र बाहिरका १ जना गरी ७ जना लाई जुवातास खेलिरहेको अवस्थामा जयवागेश्वरी स्थित अमालकोट कचहरी कार्यालय परिसर भित्रवाट प्रहरी वृत गौशालाको टोलीले लगभग नगद १ लाख १० हजार बराबरको रकम सहित प्रकाउ परेका ७ जनालाई अनुसन्धानका लागि आज प्रहरीले जिल्ला प्रसासन कार्यालय काठमाण्डौंवाट ५ दिनका लागि म्याद थप लिएको छ।                                                                                                                 कोष सुत्रका अनुसार प्रकाउ पर्नेमा कोषको एक महत्वपूर्ण महाशाखा प्रमुख सहित पशुपतिनाथका सहायक पुजारीका मानिदै आएको राजभण्डारीको मुल भण्डारीदेखि अन्य ४ जना कर्मचारीलाई जुवातास अपराधमा कानुन अनुसार हुने सजायका अलवा पशुपति क्षेत्र विकास कोषको कर्मचारी नियमावली अनुसार बर्खास्तदेखि निलम्बन सम्मको कारवाही गर्न लागिएको बताईन्छ।                                                                                              प्रकाउ परेका कर्मचारीहरुलाई हाल प्रहरी वृत गौशालाको हिरासतमा राखिएको छ, सार्वजनिक विदा दिन कार्यालय खोलेर जुवातास खेल्नु लाई कोष प्रसासनको कमजोरीका रुपमा प्रश्न उठाईएको छ,हुनत यस अघिपनि जुवातास खेलिरहेको अवस्थामा कोषका हाल सेवा निवृत्त भएका एक निदैशकलाई प्रकाउ गरेर प्रहरी वृत बौद्धको हिरासतमा राखिएको थियो।                                                                                                                    भगवान श्रीपशुपतीनाथको सेवा गर्न गठित पशुपति क्षेत्र विकास कोषका कर्मचारी र परम्परागत नेपाली पुजारी भण्डारीका मुलभण्डारी नै आफै कार्यरत रहेको कार्यालय भित्रवाट सार्वजनिक बिदा शनिवारको दिन लाखौं नगद र जुवातास सहित प्रकाउ पर्नुलाई कोषले लज्जास्पद घटनाको रुपमा लिएको कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताएको कोष सुत्रले बताएको छ।       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.