Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १६:२० गते

कामपा वडा नं.८ को नागरिक सुनवाई सवैमा उत्साह

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ ३१ गते-काठमाण्डौ महानगरपालिका वडा नं.८ आज राजधानीमा वडावासी संगको नागरिक सुनवाई आयोजना गरेको छ,सम्पदाले भरिपूर्ण वडा अन्तर्गत विश्व सम्पदामा सूचिकृत हिन्दुहरुका आराध्यदेव भगवान श्रीपशुपतीनाथ र सो क्षेत्र समेत रहेको छ‌।                                                        वडा अध्यक्ष आसामान संगतले आफु निर्वाचित भएदेखि हरेक बर्ष वडावासीहरुको सल्लाह सुझावका लिन स्थानिय राजनैतिक पार्टीहरु, सुरक्षाकर्मीहरु समेतको सहभागितामा नागरिक सुनवाई गदै वडावाट दिनुपर्ने सेवा,विकास एवं सुरक्षाका वारेमा वडावासीको भावना समेट्दै आएका छन्,आजको नागरिक सुनवाईमा वडाभित्रका बिबिध विकास निर्माण,ढल,सर सफाई,खाने पानी,बिजुली बत्ती,सम्पदा, मठमन्दिरको संरक्षण पुनः निर्माण निमार्णका विषयमा महत्वपूर्ण सुनवाई सम्पन्न गरेको छ।                                                         वडा अध्यक्ष संगत र उनको टीमले अहिले सम्म गरेको काम प्रति वडावासी सन्तुष्ट रहेको देखिन्थ्यो, सुनवाईका अवको बांकी समयपनि हिजोको जस्तै सेवा सुविधा वडाका जनप्रतिनिधि र वडा कार्यालयवाट वडावासीले पाउने बातावरण बनोस भन्ने सुभेच्छा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.