जेठ १५ गतेवाट अनिश्चितकालीन आन्दोलन बेमौसमी बाजा ?
काठमाण्डौ/बैशाख २६-(सागर थापा)-राजसंस्था पुर्नस्थापना सहित हिन्दु राष्ट्रको मुद्धा लिएर आउॅंदो जेठ १५ गतेवाट अनिश्चितकालीन जन आन्दोलन गर्ने घोषणा राजावादीहरुले राजधानीमा गरेका छन। मौसमका अनुसार जेठदेखि भदौ सम्मलाई बर्षादको समय मानिने गरिन्छ मानो रोपेर मुरी फलाउन खेती किसानमा व्यस्त हुनपर्ने समयमा कस्ले जेठ १५ गतेवाट आन्दोलन गर्ने तिथिमितीको साईत निकालेछन,हुनत प्रा.डा.जगमान गुरुङ्गले जेठ १५ गतेसम्ममा राजसंस्था पुनः स्थापना हुने बताउॅंदै आएका छन्। राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष पुराना राजावादी नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरवहादुर विष्ट,एमालेका पूर्व सांसद गंगा चौधरीदेखिका कैयन राजवादीहरु एउटै मोर्चामा आवद्ध देखिदैछन। गतसाल चैत्र १५ गते काठमाण्डौंको तिनकुने प्रर्दशनमा हत्या,तोड़फोड़,आगजनी,लुटपाट लगाएतका आरोपमा राज्यले धरपकड गरेका आस्थाका बन्दीहरु राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नागरिक आन्दोलन समितिका संयोजक दुर्गा प्रसाई,युवा नेताहरु शन्तोष राजावादी, मनोज सापकोटा, पशुपति खड्का सहितका कैयन माथि एकपछि अक्रो मुद्धा राज्पले थोपदै लगेको छ उनीहरुको रिहाईका लागि रिले प्ले कार्ड सहितको धर्ना बाहेक केहि हुन सकेको खासै देखिदैन। यस्तै आन्दोलनमा परेर ज्यान गुमाउने परिवारका सदस्यहरुदेखि घाईतेहरुलाई कुनैपनि राहत भएन भन्ने गुनासा दिनहुॅं सुनिदै आएको छ,यसवारेमा सामान्य सुनवाई गर्न नसक्नेहरुवाटै पुनः आन्दोलनको घोषणा त्योपनि बेमौसमका किन ? गरिदैछ,राजालाई गद्दीमा आसिन गर्नका लागि भनिएर बिगतमा गरिएका आन्दोलन जस्तै यो अनिश्चितकालीन आन्दोलन नाम दिईएको आन्दोलन पनि त्यस्तै हुने लक्ष्यण देखियो भन्ने चर्चा चलेको छ। राजाका सचिवहरुको डिजाईनमा ८३ बर्षिय बयोबृद्ध पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा जन आन्दोलन समिति गरिएपछि राजेन्द्र लिङ्देल,कमल थापा,केशरवहादुर विष्टले आफुहरु समितिमा नबस्ने घोषणा गरेका थिए,तर पछिल्लो पटक नगरकोटमा बस्नुभ एका राजा ज्ञानेन्द्रले बोलाएर सम्झाएपछि भने नवराज सुवेदीको संयोजकत्वमा गठित समितिलाई साथ समर्थन गदै अघि बढ्न खोज्दैछन कि भन्ने बाहिरी रुपमा देखिदैछ। हुनत राजालाई सक्रिय राजा हुदाॅं जस्तै आजपनि राजालाई घेरावन्दीमा राखेका छन भन्ने गरिदै आएको छ, आफ्नो जिवनभर राजा भन्दै हिडेका हेम बिक्रम सिलवालले राजालाई दर्शन भेट गराईदेउ भन्दा राजाका सचिवले कहिले भेट गर्न दिएन भन्दै बिषपान गरेर आफ्नो प्राण त्याग गरेको यर्थाथ जगजाहेर छ। आजपनि आफ्ना आसेपासे धुपौरे मात्र राजाको नजिक लग्दै भेट गर्न दिईन्छ भन्नछन भुक्तभोगीहरु यस्तो परिस्थितिमा राजसंस्था पुनः स्थापनाका लागि आन्दोलनले गति लिन सक्ला भन्दैछन भुक्तभोगीहरु राप्रपाले संघियताको खारेजी सहित हिन्दु राष्ट्रको नाममा मत मागेर संसदमा पुगेपनि राप्रपा का वरिष्ठ नेता पशुपति शम्शेर जवराले नेपालको संविधान २०७२ अनुसार शफद गराउने देखि सरकारमा जाने, प्रदेशको विरोध गदै बागमती र कोशी प्रदेशका सभमुखको पदमा रहेर गणतन्त्रलाई संस्थागत बनाउने,हिन्दु राष्ट्र पुनः स्थापनाको मुद्धा उठाउंदै मत लिएर हिन्न्दु ईतरलाई समावेशीका नाममा सांसद बनाउनेवाट के आसा लिन सकिन्छ ? राप्रपाको अध्यक्ष पदमा पराजित भएपछि राजा र दरवारलाई अनेकौं लान्छना लगाउंदै राप्रपा छाडेका कमल थापा पुनः कुन स्वार्थमा राजाको नाम लिदैछन त्यो भने हेर्न बांक्री छ, गणतन्त्रलाई पिता मान्ने गंगा चौधरीहरु के स्वार्थ देखेर राजा र हिन्दु राष्ट्रवादी बन्दैछन यो पनि गम्भिर सोचनिय बिषय हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईको अराजकता बोली र व्यवहारका कारणले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापनाको आन्दोलन दशौं बर्ष पछाडी धकेलिएको विश्लेषण गरिदै आएको समयमा मध्य बर्षादको समय,खेतिकिसानीहरु व्यस्त रहने बेला जेठ १५ गतेवाट अनिश्चितकालीन आन्दोलन भन्नु कतै पुनः राजालाई तनाव सिर्जना गदै राष्ट्रवादी आन्दोलन सक्ने प्रपञ्च पो होकि ? भन्ने चर्चाले राम्रो स्थान पाउंदैछ,समयमा सोचौ नत्र चैत्र १५ पुन नदोरिएला भन्न सकिदैन होशियार बनौं । आदरणीय पाठकबृन्द भोलिको अङ्कमा हिन्दु अधिराज्य,हिन्दु राष्ट्र,गणतान्त्रिक हिन्दु राष्ट्र,संघिय गणतान्त्रिक हिन्दु राष्ट्र,वैदिक सनातन हिन्दु राष्ट्र भन्दै आएका हिन्दुका नामधारी पसलका सञ्चालक मध्यमा केहिको क्रमशः चर्चा र विबेचना राख्ने प्रयास गर्नेछु।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया