Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:११ गते

पशुपतिको वृक्षारोपणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खुला पत्र-१

हिन्दु अनलाईन टिभी
८ महिना अगाडि
६ मिनेट पढ्ने समय

काठमाण्डौ/असार ९ गते-विश्वभरका सनातन हिन्दुहरुका आराध्यदेव भगवान श्रीपशुपतीनाथ विराजित पावन भूमि पाशुपत क्षेत्रको विकास एवं संरक्षणका लागि स्वर्गवासी राजा वीरेन्द्रवाट तत्कालीन रानी ऐश्वर्यको अध्यक्षता गठित पशुपति क्षेत्र विकास कोष आफ्नो उद्देश्य र लक्ष्यमा भन्दापनि आर्थिक अनियमितताको क्षेत्रमा अव्वल सावित हुदै आएको देखिन्छ।                                                                                               आजवाट केहि समय यहि अनलाइन मिडिया मार्फत सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पशुपति क्षेत्र विकास कोष मित्रका विकृति, बिसंगती,अराजकता,लुटतन्त्रका बारेमा केहि सुझाव,गुनासा राख्दैछु,एकपछि अक्रो भ्रष्टाचारका मुद्धाहरु कोषका पदाधिकारी एवं कर्मचारीहरुका विरुद्ध मुद्धाहरु आयोगले दायर गरेवाटै स्पष्ट छ पशुपतिनाथको विकास पशुपति क्षेत्र विकास कोषले कुन मोडालिटीमा गर्दो रहेछि भन्ने विषय सायद प्रमुख आयुक्त माननिय श्री प्रेमकुमार राईज्यु र सिङ्गो आयोग एवं आम जनसमुदायलाई बताई रहनु पदैन।                                            तथापि भगवान श्रीपशुपतीनाथलाई लुछिरहेका व्वासाहरुका कर्तुतमा नलेखी बस्न आत्माले नै दिएन “आखिर खाने भात नै हो जाने आर्यघाट नै हो”भन्ने बुझ्दाबुझ्दै पनि लुछन र लुट्न पछि नपर्ने कु-पात्रकाहरुका विरुद्ध प्रमुख आयुक्तज्यु र यहां मातहत रहेको अख्तियार टीमलाई धेरै विषयमा रहदै आएको छ।                                              पशुपतिनाथ शवदाह गृहमा जडित विधुतिय शवदाह मेशिन खरिद प्रकरणका विषयमा लगातार २६ औं भागसम्म मिडिया मार्फत खुलापत्र लेख्ने पात्र मार्फत आजवाट पुनः पशुपति क्षेत्र विकास कोषवाट गरिएको वृक्षारोपण कार्यक्रममा कसरी केके आधारवाट आर्थिक अनियमितता भएको छ यस विषयको खुलासा राख्दैछु।                                                                                                                         पशुपतिको शिरोभाग मानिने कैलाश वरपर निकै तामझामका साथ कोषले मन्त्री समेतवाट करौडौं खर्चेर वृक्षारोपण गरिए पनि वालुवामा पानी हालेर बिरुवा उमार्ने सोच बाहेक अरु केहि सावित हुन सकेन हुनत: वृक्षारोपणको नाममा अनियमितताको आशंका गदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका निर्णय र त्यसमा  भएको खर्चका बारेमा अनुसन्धान थालेको सुन्दा खुसी लागेको छ।                                                                             विधुतिय शवदाह गृहको मेशिन खरिद प्रकरणमा लामो अनुसन्धानमुलक लेख लेखे बाफत आयोगले सोधपुछ जानकारी माग्दाका बखत नै आयोगले वृक्षारोपणका नाममा भएका अनियमितताका बारेमा पनि सामान्य छलफल गर्ने अवसर नजुरेको भने पक्कैपनि होईन,आजको अङ्कमा वृक्षारोपणको पहिलो अंश कैलाश क्षेत्रका बारेमा ध्यान आकृष्ट गराउंदैछु।                                                                                   करौडौ रूपैया सकेर वृक्षारोपण गरिएको बताउॅंदै श्रीमान प्रमुख आयुक्तज्यु कोषले कैलाश वरपर वृक्षारोपण कार्य भएकोले हिन्दुहरुले आफ्ना दिवंगत पितृहरुको मोक्ष कामना गदै हरेक बर्ष बाला चतुर्दशीका अवसरमा रात्रीमा दिप प्रज्वलन गदै आफ्ना पितृहरुलाई सम्झ्ने दिनमा पनि कैलाश प्रवेश निषेध गरिएको थियो,तर कोषले परम्परा र संस्कार मिचेर दिप प्रज्वलन रोकेपनि त्यसको केहि समय पछि गतसाल पुरातत्व विभाग,काठमाण्डौ महानगरपालिका वडा नं.८ र सरोकार समाजको असमती बिरोधका बिच कैलाशमा हवनका नाममा दर्जनौ खाल्टा खन्न दिएर आफैले  पूर्वत गरेको निर्णयलाई धज्जी उडाईयो।                                                                                        के कारणले पितृहरुका नाममा दिप प्रज्वलन गर्ने धार्मिक कामकाज रोकियो अनि के कति कारणले कैलाश वरपर खाल्टै खनेर कामकाज गर्न भाडामा लगाईयो यो विषयमा आयोगको ध्यानआकृष्ट हुनुपर्छ,करौडौं रकम सकिएको वृक्षारोपण कता हरायो ? विरुवा रोपेका थिए थिएनन के थियो ? कि दिनमा रातमा लाने पो गरिन्थ्यो कि के हो यो पनि अनुसन्धान गरियोस।                                                                    अस्वाभाविक देखिने सुरक्षाकर्मीलाई ज्वाई सरह मान्ने मन्दिर परिसरमा मानिस ओसार्ने कार्यमा उत्कृष्ट सेवा पुराउने नजराना लिने “प्रमाण आयोग समक्ष एक दुई दिनमा उपलब्ध गराउने छु”हिजोआज सुनिदैछ वृक्षारोपणका नाममा रोकिएको त्यहि स्थान कैलाश कस्को के स्वार्थमा पुनः भाडामा दिईदैछ, वृक्षारोपणको बिषय अनुसन्धानमा रहेको बखत किन प्रमाण नष्ट गर्न व्वासाहरुको नङ्गरा बढाउंदै छन यस विषयमा आयोग गम्भिर बनोस पुरातत्व विभाग,वडा नं.८ का वडा अध्यक्ष तथा काठमाण्डौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आसामान संगतले के गर्ने हुन वृक्षारोपणका नाममा अनियमितताको अनुसन्धान छानविन नसक्दै कैलाश भाडामा दिने लिने काम रोक्न क्षमता भगवानले दिउंन नत्र अख्तियारको छानविनको दायरामा यी र यिनी पात्र माथिपनि पक्कैपनि प्रश्न उठाईनु पर्छ कि कसो ?(दोश्रो भाग भोलि क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.