Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२६ गते

महराकाण्डमा परेकी रोसनी मृत भेटिईन

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौ/जेठ-११- नेकपा माओवादीका वरिष्ठ नेता तथा तत्कालिन सभामुख कृष्णवहादुर महराले बलात्कार गरेको उजुरी दिएकी स्वास्थ्यकर्मी ५० बर्षिया रोसनी शाही आफ्नै कोठामा आज मृत फेला परेकी छिन, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं.३ स्थित लक्ष्मीश्वर महतोको डेरा बस्दै आएकी थिईन।                                                                             आज शाहीको कोठा नखुलेपछि प्रहरीले ढोका फोरेर हेर्दा उनी भुईमा मृत भेटिएको बताइन्छ सुत्रका अनुसार उनको साथवाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ,मृतक शाहीका श्रीमान उपत्यका बाहिर र छोरा-छोरी बिदेश रहेका छन ६ बर्ष अगाडी तत्कालिन सभामुख कृष्णवहादुर महरा उनकै जाहेरीले सभामुखको सरकारी निवास बालुवाटार वाट प्रकाउ परेका थिए स्वास्थ्यकर्मी शाही मृत्यु प्रकरण र सुसाइड नोटका बारेमा प्रहरी अनुसन्धान जारी रहेको बताईन्छ‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.